भक्तपुर/शुभनगर विकास समाजले बाढीपीडितका लागि रु ३० हजार रकम संकलन गरी सूर्यबिनायक नगरपालिकामार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
सूर्यविनायक नगरपालिका–२ बालकोटमा रहेको समाजले आयोजना गरेको राहत हस्तान्तरण तथा तीज कार्यक्रममा समाजको तर्फबाट संकलित रकम सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा व्यवस्थापिका–संसद्का सदस्य रामेश्वर ढुंगेल, उपप्रमुख बस्नेत, ललितकला एकेडेमीका कुलपति रागिनी उपाध्यायले तीजमा महिलाले शृृंगार र गहनामा खर्च गर्नभन्दा मानवीय सेवामा खर्च गर्नुपर्नेमा जोड दिए ।
समाजका सल्लाहकार एवं पत्रकार धर्मेन्द्र झा, पत्रकार गोपाल खनालले बाढीपीडित नेपालीजनको दुःखमा मलम लगाउने पहलस्वरुप राहत संकलन गरिएको बताए। रासस