ओमानका लागि नव नियुक्त राजदुत शर्मिला पराजुली ढकालले एक महिनाको तलव बाढी पीडितलाई दिएकी छिन् । उनले एक महिनाको तलब प्रधानमन्त्री दैवीक प्रकोप उद्वार कोषमा जम्मा गरेको बताइन् । दूतावासले प्रेस विज्ञप्ती निकालेर जथाभावी राहत संकलन गर्ने क्रम बढेकाले सबैलाई सचेत हुन पनि आग्रह गरेको छ । यस्तै, ओमानमा कार्यरत संघसंस्थाका प्रतिनिधिले दूतावासकै प्रयासमा राहत सङ्कलन गर्ने विषयमा छलफल गरेका छन् । दूतावासले राहत संकलनका लागि सकारामत्क प्रयास गरे बाढीपीडितका लागि सहयोग गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिले बताएका छन् ।