धरान/धरान–८ तिनकुने चेकपोष्टबाट धरान प्रहरीले लागूऔषधसहित एकजनालाई समातेको छ । प्रहरीले चेकजाँचको क्रममा धरान–१२ का पून्य भुजेललाई पक्राउ गरेको हो । उनको साथबाट लुपिजेसिक ११ एम्पुल, डाइजोलोपाम ११ एम्पुल र एभिल ११ एम्पुल बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बरामद लागूऔषधसहित भुजेललाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।