धनुषा/निर्वाचन विरोधि गतिविधि गर्दै आएको राष्ट्रिय जनता पार्टी, नेपालले आह्वान गरेको बन्दका कारण जनकपुरको जनजीवन प्रभावित भएको छ । निर्वाचन हुनै नदिने भन्दै आह्वान गरिएको बन्दका कारण जनकपुरको जनजीवन प्रभावित भएको हो । बुधबार पनि प्रर्दशनकारीहरुले टायर बालेर सडकमा विरोध प्रर्दशन गरिरहेका छन् । उनीहरुले विहानैदेखि जनकपुरको विभिन्न चौकहरुमा विरोध प्रदर्शन गरिरहेका हुन् । बन्दको कारणले जनकपुरबाट चल्ने लामो तथा छोटो दुरीका सवारी सधान चल्न सकेको छैन । बजार र शैक्षिक संस्थाहरु बन्द छन् । बन्दकर्ताहरुले जनकपुरको केही स्थानमा गाडिहरुमा समान्य क्षति समेत पु¥याएका छन् । चुनावी विरोधी प्रर्दशन जारी रहेकाले जनकपुरमा उच्च सुरक्षा सर्तकता समेत अपनाइएको छ । अप्रिय घटना हुन नदिने गरी बजारको मुख्य मुख्य चोकमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।