धरान । मोरङको विराटनगर महानगरपालिका–३ स्थित कन्या क्याम्पस मतदान केन्द्रबाट एकजना नक्कली मतदाता पक्राउ परेका छन् । मत लगाउने क्रममा सोही ठाउँका दुर्गा आचार्यको नाममा भोट हाल्न आएका उनकै काका पुरुषोतम आचार्यलाई पक्राउ गरिएको हो । उनलाई निर्वाचनमा खटिएको निर्वाचन टोलीले पक्राउ गरी प्रहरीलाई बुझाएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको जनाएको छ । यसैबीच धनकुटाको चौबिसे गाउँपालिका–६ राजारानीको जनशिक्षा सदन आधारभुत बिद्यालय थाप्रुङ केन्द्रमा पनि दुईजना नक्कली मतदाताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे ६ का २८ वर्षीया नरमाया लिम्बु र २७ वर्षीय हाङकङ लिम्बु छन् ।