रोल्पा/रोल्पा १० नम्बर वडाको मतदान केन्द्रमा एक व्यक्तिले मतपेटिकामा आगो लागेपछि मतदान कार्य स्थगित भएको छ । मतदान गर्न गएका व्यक्तिले मतपेटिकामा केमिकल मिसाएर आगजनी गरेपछि मतदान कार्य स्थगित भएको हो । रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । मतदाताले ज्वलनशील पदार्थ बोकेको र मतदान गरिसकेपछि छोडेर हिँडेको प्रहरीको पूर्वानुमान छ । यससम्बन्धी विस्तृत जानकारी आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।