धरान/धरानमा उत्साहपूर्वक मतदान भइरहेको छ । हालसम्म ३० देखि ३५ प्रतिशत मतदान खसिसकेको धरानस्थित निर्वाचन कार्यालयले जनाएको छ । बिहानै ७ बजेदेखि धरानका २८ मतदान केन्द्रको ८७ वटा मतदान स्थलमा मतदाताहरु मत हाल्न आतुर देखिएका थिए । धरानमा सबैजसो मतदान स्थलमा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको प्रहरीले जनाएको छ । सबैजसो मतदान स्थलहरुमा सुरक्षा व्यवस्था कडा पारिएका कारण शान्तिपूर्ण तवरले मतदान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन् । धरानमा करिव म्यादी प्रहरीसहित ३ सयको हाराहारीमा जनपथ प्रहरीहरु परिचालित भएको डिएसपी खतिवडाले जानकारी दिएका छन् । हरेक मतदान स्थलहरुमा अशक्त, असहायहरुको लागि विशेष सुविधा प्रदान गरिएको छ । जसको कारण उनीहरुको लागि पनि सहज भएको निर्वाचन कार्यालयले जनाएको छ । हालसम्म ३० देखि ३५ प्रतिशत मत खसिसकेको अनुमान गरिएको निर्वाचन सहायक अधिकृत गणेशप्रसाद खतिवडाले बताएका छन् । धरानको १ देखि २० नम्बर वडासम्म ७९ हजार २ सय ८२ जना मतदाताहरु रहेका छन् । वडा–वडामा कति छन् मतदाता ? १ नम्बर वडामा दुईवटा मतदान केन्द्रमा २८ सय ३३ मतदाताहरु रहेका छन् । २ नम्बर वडामा दुईवटा मतदान केन्द्रमा १९ सय ८३ मतदाताहरु रहेका छन् । ३ नम्बर वडामा एउटा मतदान केन्द्रमा २६ सय ९५ मतदाताहरु रहेका छन् । ४ नम्बर वडामा दुईवटा मतदान केन्द्रमा १८ सय ४३ मतदाताहरु रहेका छन् । ५ नम्बर वडामा एउटा मतदान केन्द्रमा ४६ सय ६२ मतदाताहरु रहेका छन् । ६ नम्बर वडामा एउटा मतदान केन्द्रमा ३९ सय ६० जना मतदाताहरु रहेका छन् । ७ नम्बर वडामा एउटा मतदान केन्द्रमा १७ सय ८५ जना मतदाता रहेका छन् । ८ नम्बर वडामा दुई वटा मतदान केन्द्रमा ६३ सय ४४ जना मतदाताहरु रहेका छन् । ९ नम्बर वडामा एउटा मतदान केन्द्रमा २१ सय १७ मतदाताहरु रहेका छन् । १० नम्बर वडामा एउटा मतदान केन्द्रमा ३० सय ५२ जना मतदाताहरु रहेका छन् । ११ नम्बर वडामा एउटा मतदान केन्द्रमा ७४ सय ९५ मतदाताहरु रहेका छन् । १२ नम्बर वडामा दुईवटा मतदान केन्द्रमा २३ सय ६५ मतदाताहरु रहेका छन् । १३ नम्बर वडामा एउटा मतदान केन्द्रमा ४७ सय ५३ जना मतदाताहरु रहेका छन् । १४ नम्बर वडामा एउटा मतदान केन्द्रमा २३ सय ६८ जना मतदाताहरु रहेका छन् । १५ नम्बर वडामा दुईवटा मतदान केन्द्रहरुमा १० हजार ७ सय मतदाताहरु रहेका छन् । १६ नम्बर वडामा एउटा मतदान केन्द्रमा ६५ सय १० जना मतदाताहरु रहेका छन् । १७ नम्बर वडामा दुईवटा मतदान केन्द्रमा ६८ सय ९८ मतदाताहरु रहेका छन् । १८ नम्बर वडामा एउटा मतदान केन्द्रमा १७ सय ६४ मतदाताहरु रहेका छन् । १९ नम्बर वडामा एउटा मतदान केन्द्रमा ३ हजार ९४ जना मतदाताहरु रहेका छन् । २० नम्बर वडामा दुईवटा मतदान केन्द्रमा २१ सय ३० जना मतदाताहरु रहेका छन् ।