नोकरीबाट निकालिनुका धेरै गम्भिर कारणहरु त तपाई हामीले सुनेकै छौं । के तपाईले कहिल्यै सोच्नुभएको छ कि भित्री बस्त्र (ब्रा) नलगाएर अफिस गएकै कारण कसैलाई नोकरीबाट निकालिन्छ भनेर ? यस्तै एक अजीब घटना बेलायतमा भएको छ । एक बारमा काम गर्ने २२ वर्षीया युवती केट हनाले ब्रा नलाएर काममा गएकै कारण जागिर गुमाउनु परेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै केटले आफूलाई नोकरीबाट निकालिएको बताएकी छन् । र त्यसको कारण ब्रा नलाएर अफिस जानु भएको थाहा पाउँदा आफू अचम्ममा परेको पनि उनले बताएकी छन् । फेसबुकमा ग्रे कलरको टीसर्टमा खिचिएको फोटासँगै स्टाटस पोस्ट गरेकी छन् । उनले बताएकी छन् त्यो त्यही टीसर्ट लगाएर काममा गएकी थिइन् ।