अज्ञात व्यक्तिको प्रहारबाट ताप्लेजुङमा एक गम्भीर
धरान/ताप्लेजुङको मैवाखोला गाउँपालिका–१ सागफारामा सोमबार अज्ञात व्यक्तिको प्रहारबाट एक गम्भीर बनेका छन् ।
स्थानीय अन्दाजी ७० वर्षीय रिन्छिङ शेर्पालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा विहान २ बजेतिर अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी घाइते बनाएको स्थानीयबासीले बताए ।
धारीलो हतियार प्रहारबाट पेट र हातमा चोट लागेका शेर्पालाई उपचारको लागि विर्तामोडस्थित विएनसी अस्पताल ल्याइएको छ । हतियार प्रहार गर्नेको खोजी भइरहेको अस्थायी प्रहरी पोष्ट ढुङ्गेसाघुले जनाएको छ ।