काठमाडौं/ ‘कुख्यात अपराधी’ चाल्र्स शोभराजको मुटुको अपरेसन सफल भएपछि उनकी प्रेमिका भनिएकी निहिता विश्वासले भक्कानो फुटाइन् । आँशु झारिन् । ६० वर्षे अपराधी शोभराजसँग २० वर्षे निहितको प्रेम सम्बन्धलाई लिएर निकै चर्चा भएको थियो, एकताका । र, अहिले शोभराज अस्पतालको शैयामा छट्टपटाउँदा निहिताले कस्तो ब्यबहार गर्छिन् ? भन्ने चासोको विषय थियो । पछिल्लो समय सम्बन्धमा दरार पैदा भएको चर्चा चलेकै बेला शोभराज मुटुका बिरामी भए । बिरामी शोभराजलाई सहयोग गरेर निहिताले प्रेमभाव झल्काइन् । लामो समय शोभराजका लागि रगत खोज्न भौंतारिएकी निहिताले अस्पतालमा गरेको ब्यबहार मार्मिक थियो । उनले शोभराज अस्पताल भर्ना भएपछि निरन्तर कुरिरहिन् । आवश्यक सहयोग गरिरहिन् । र, मुटुको अपरेसन सफल भएपछि आँशु झारिन्, सायद खुसीको ।

शोभराज हत्या, फर्जी राहदानी प्रयोग काण्डमा २०६० सालदेखि सर्वस्वसहित जन्मकैद भुक्तान गरिरहेका छन् । रोगले थलिँदै गएका ७३ वर्षीय उनी मुटुको भल्भ फेर्न शहिद गंगालाल हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका थिए। उनी काठमाण्डौ, सुन्धाराको केन्द्रीय कारागारको गोलघरमा सजाय काटिरहेका छन्।