एजेन्सी/आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।
तर भारतको गुजराजमा एक परिवारले सबैलाई आश्चर्यचकित पारेका छन् । उक्त परिवारका पिता इनकम ट्याक्स अफिसर, छोरा गुजरात टपर हुँदा पनि संसारी मोह त्यागेर सन्यासी भएका छन् ।
गुजरात बोर्डको १२ को परिक्षामा ९९.९९ प्रतिशत ल्याएर टप गरेका विद्यार्थी वर्शिल शाह सन्यासी बने । उनको यो निर्णयलाई उनका माता पिताले समेत साथ दिएका छन् ।
वर्शिलका पिता इनकम ट्याक्स डिपार्टमेन्टमा इन्सपेक्टरको पदमा कार्यरत रहेका छन् । एक सरकारी अफिसर हुँदा पनि उनको घरमा टिभीसम्म थिएन, न त फ्रिज नै रहेको थियो । यो परिवारले बिजुली पनि अत्यन्तै कम प्रयोग गर्दै आइरहेको थियो । परिवारका अनुसार बिजुली धेरै खपत हुँदा धेरै जीवहरुको हत्या हुनेगर्छ जसका कारण उनीहरु थोरै बिजुली प्रयोग गर्दै आइरहेका छन् ।
गुजरात शहरको तापी नदीको किनारमा भव्य शिक्षा समारोह आयोजना गरिएको थियो जहाँ उनीहरु पनि सहभागि भएका थिए । मोह माया त्याग गरेर दिक्षा हासिल गर्न वर्शीलले आफ्नो नाम समेत फेरेका छन् । उनले आफ्नो नाम सुविर्यरत्न विजयी महाराज राखेका छन् ।
सिए बन्ने सपना बोकेका वर्शीलले आफ्नो भविष्यको बाटो नै मोडेका छन् । यो सबैको प्रभाव जैनहरुको प्रवचन भएको बताएका छन् ।