डोटी/ डोटीको दिपायलमा एकजना नेपाली नागरिकलाई ‘अपहरण’ गर्न खोज्ने पाँच भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतीय प्रहरीको समूहले बुधबार राति दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर नेपालीलाई अपहरण गरी भारत लैजानेक्रममा जिल्ला प्रहरी कार्यालय डोटीले उनीहरुलाई सिलगढीबाट पक्राउ गरेको हो ।
भारतमा काम गर्नेक्रममा एक वर्षअघि बैंकमा चोरी गरेको आरोपमा भारतीय प्रहरी नेपाल छिरेर नेपालीलाई पक्राउ गरेको बताइएकोे छ ।
भारतीय प्रहरीका डीएसपी नागराजको कमान्डमा आएको उक्त टोलीले नेपालीलाई मध्यराति उनकै घरमा कुटपिटसमेत गरेको र हात–खुट्टा बाँधेर मुखमा पट्टी लगाएर भारत लैजान लागिएको अवस्थामा नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ ।
नियन्त्रणमा लिइएका भारतीयहरुबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
इमेज