इटहरी/इटहरीको व्यस्त बजारमा बन्धक महिला । तपाईले सुन्दा अचम्म लाग्न सक्छ । हो, इटहरीको हटियालाइनमा एक महिला वर्षौदेखि एउटा कोठा भित्र बन्धक अवस्थाम जीवन विताई रहेकी थिइन् उनको नाम हो भरना चौधरी । [caption id="attachment_46315" align="alignnone" width="812"] तस्बिरः बाबुराम सुवेदी[/caption] जन्मिएदेखिनै मानसिक सन्तुलन ठीक नभए पछि उनका बुबा आमाले विभिन्न अस्पतालमा लगेर उपचार पनि गराए । उनको हेरदेख गर्दै आएकी फूपूकी छोरी रिनाका अनुसार केही वर्ष अघि बुबा आमाको निधन भए पछि उनलाई झन् समस्या भयो । अहिले उनी आफन्त रिना श्रेष्ठ र वहिनी पुजा चौधरीले हेरदेख गर्दै आएका थिए । ‘पहिला त अहिलेको जस्तो समस्या थिएन’ फूपुकी छोरी रिना चौधरीले भनिन् ‘२÷३ वर्षदेखि लुगै लाउन छाडे पछि कोठाबाट बाहिर निस्कन दिएका थिएनौं ।’ विवाह पछि विराटनगर घर भए पनि रिना झरनाकै कारण इटहरी बस्दै आएकी थिइन् । दिशा, पिसाव, खान सबै एकै कोठामा भएर पनि लामो समय विताई रहेकी भरना अहिले २७ वर्षकी भइन् । मंगलबार भने मानव अधिकारकर्मीको समुहले उनलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगेको छ । उनको उद्धारमा संलग्न अधिकारकर्मी तथा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष शुभद्रा प्याकुरेल (सुवेदी)का अनुसार घटनाबारे थाहा पाए पछि मानव अधिकारकर्मीलाई जानकारी गराएर उनको उद्धार गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले पनि उनको उद्धारमा सहयोग पु¥याएका थिए । एम्बुलेन्स मार्फत उनलाई उपचारको लागि इनरुवा लगिएको डिएसपी सुवेदीले बताए ।