धनकुटा/एमालेविरुद्ध देशीविदेशी शक्ति लागे पनि एमालेलाई चुनावमा पराजय गर्न नसकेको नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराई दाबी गरेका छन् ।
[caption id="attachment_46296" align="alignnone" width="800"]
तस्बिरः सन्तोष रुचाल[/caption]
एमाले धनकुटा नगर कमिटी १ नम्बर वडा हिलमा मंगलबार भएको चुनावी सभालाई सम्बोधन गर्दै सचिव भट्टराईले दोस्रो चरणको चुनावमा पनि पार्टी पहिलो बन्ने बताए । उनले पहिलो चरणको निर्वाचनमा एमालेलाई बहुमत दिएर मुलुकको पहिलो पार्टी बनाएको उल्लेख गर्दै पश्चिमबाट शुरु भएको हावाको वेग अब पूर्वतर्फ लागेको बताए ।
उनले एमालेलाई कुहिएको मल भित्र उम्रिएको मुला नसोच्न सबै दलहरुलाई चेतावनी दिए । एमाले सतिसाल झै दह्रो र शसक्त पार्टी भएको उल्लेख गरे । उनले पहिलो चरणको निर्वाचनबाट एमाले जसरी पहिलो पार्टी बनेको छ त्यसरी नै दोस्रो चरणको निर्वाचनमा एमालेलाई बहुमत दिएर जिताउन धनुकटाबासीलाई आग्रह गरे ।
कार्यक्रममा काग्रेस, माओवादी, राप्रपा लगायतका विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका दुई दर्जन भन्दा बढी स्वागत गरे । चुनावी सभा पूर्व हिले बजारमा र्याली निकालिएको थियो । भट्टराई हिलेको कार्यक्रम सम्पन्न गरेर तेह्रथुमको चुनावी सभार्लाइ सम्बोधन गरेका छन् ।