लहान/पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका– ४ स्थित सडकमा आज बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ५१४२ नम्बरको बसले स १ प ९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोलबजार नगरपालिका– २ निवासी प्रेमकुमार महतो, सिरहाकै धनगढीमाई नगरपालिका– ८ निवासी राजेशकुमार महतो र भारत घर भई कसाह चोक बस्ने सुधिर महतो घाइते भएकामा विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस