बाजुरा/ बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको सामान बोक्ने विमान (स्काई ट्रक) दुर्घटनामा परेको छ । एनए ०४८ विमान अवतरणको क्रममा धानवनमार्गमा नै पल्टिएर दुर्घटना भएको हो ।

विमान पल्टिए पनि आगो लागेको छैन । विमानमा कति जना थिए भन्ने खुलको छैन । विमान भित्र रहेका चालक दलका सदस्यसहितको उद्धारको काम भइरहेको छ ।