कपडाले व्यक्तित्वको परिचय दिन्छ । कपडा मिलाएर लगाएको खण्डमा मानिसलाई आकर्षक पनि देखिन्छ । तर नयाँ कपडा लगाउँदा भने हामीले निकै होश पु¥याउन जरुरी रहेको ज्योतिष शास्त्रमा उल्लेख छ ।

ज्योतिष शास्त्रमा बार अनुसार नयाँ कपडाकाे प्रयोग गर्दा हुने हानी, नोक्सानी र फाइदा बारे उल्लेख गरेको छ । जसअनुसार नयाँ लुगा कुनै बार लगाउँदा तपाईंलाई हानी पुग्छ भने कुनै बार लगाउँदा फाइदा हुन्छ । तपाईले यदी नयाँ लुगा लगाउँदा फाइदा हुने दिन लगाउनु भयो भने तपाईको कपडाको टिकाउ राम्रो हुन्छ भने तपाईंको दैनिकी र व्यक्तित्वमा समेत सकारात्मक असर पर्छ ।

हेरौं कुन बार नयाँ लुगा लगाउन हुन्छ, कुन बार हुन्न ।

आइतबार -नयाँ लुगा लगाए चाँडो फाट्छ। सोमबार - नयाँ लुगा लगाए अग्नि भय हुन्छ। मंगलबार - नयाँ लुगा चाँडो पोलिन्छ। बुधबार - नयाँ लुगा लगाए धर्म प्राप्ति हुन्छ। बिहीबार -नयाँ लुगा लगाए ज्ञान वृद्धि हुन्छ। शुक्रबार (-नयाँ लुगा लगाए मित्र भेट हुन्छ। शनिबार -नयाँ लुगा लगाए तेजहीन हुन्छ।