धरान/दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि गाउँपालिका, नगरपालिका तथा उमहानगरपालिकामा साेमबार निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।
[caption id="attachment_46127" align="alignnone" width="1146"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
दोस्रो चरणको निर्वाचन हुने प्रदेशहरुमा एकैदिन मतगणनाको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न लागिएको हो । यस क्रममा सुनसरीको धरानमा पनि कार्यालय स्थापना गरिएको छ । धरान–८ सभागृहलाई अधिकृतको कार्यालय बनाइएको छ ।
कार्यालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली र प्रमुख निर्वाचन अधिकृत एवम् प्रमुख जिल्ला न्यायधिस अर्जुनप्रसाद कोइरालाले संयुक्त रुपमा गरे । जहाँ एकजना निर्वाचन अधिकृतसहित ९ जना कर्मचारी रहन्छन् । धरानको मदतान केन्द्र र स्थलमा भएको मत यही गनिने धरानका लागि निर्वाचन अधिकृत जयप्रसाद महतले बताए ।
सुनसरीमा प्रमुख निर्वाचन कार्यालय छाडेर ११ वटा यस्ता कार्यालयहरु छन् । सुनसरीमा २ उपमहानगर, ४ नगरपालिकासहित अन्य गाउपालिका छन् । जसमा धरान, इटहरी उपमहानगर हुन् भने इनरुवा, दुहवी, रामधुनी, बराहक्षेत्र नगरपालिका हुन् । त्यस्तै कोशी, देवानगञ्ज, गढी, बर्जु, भोक्राहा, हरिनगरा गाउँपालिका छन् ।
सरकारले जेठ ३१ मा १, २, ४, ७ नम्बर प्रदेशको निर्वाचनको मिति तोकेको छ । सुनसरीमा ४८५ वटा मतदान केन्द्र छन् । मतदान स्थल भने १६६ वटा रहेका छन् । धरानमा मात्रै ८७ वटा मतदान केन्द्र छन् भने २८ वटा मतदान स्थल छन् ।
आयोगले १९ गते मनोनयन दर्ता, २० गते दाबी विरोध, उजुरी, २१ गते जाँच, नाम फिर्ता लिने अवसर र उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुन्छ । र, २२ गते चुनाव चिन्ह वितरण गरिने छ । २८ गतेसम्म प्रचार प्रसारको अवधि रहने छ । त्यसपछि ४८ घण्टा मौन अवधि रहने छ । त्यसबीचमा निर्वाचन उल्लघङ्न हुने खाल्का कुनै पनि गतिविधि भएमा वा उजुरी परेमा जिल्ला निर्वाचन कार्यालय र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छानविन र कारबाही गर्ने छ ।
जिल्ला निर्वाचन अधिकृतमा प्रमुख जिल्ला न्यायधिस उर्जुनप्रसाद कोइराला छन् । त्यस्तै धरानको लागि जयप्रसाद महत, इटहरीको लागि भरतमणी रिजाल, दुहवीको लागि मनका न्यौपाने, बराहको लागि इन्दिरेस दाहाल, रामधुनीको लागि टुवराज पोखरेल छन् । त्यस्तै कोशीको लागि लोकबहादुर भण्डारी, गढीको लागि लक्ष्मण ढकाल, हरिनगरका लागि कमलबहादुर थापा, देवानगञ्जका लागि भीमप्रसाद गौतम, बर्जुको लागि नवराज आचार्य, भोक्राहाको लागि पिताम्बर गौतम रहेका छन् ।
सुनसरीमा कुल ४ लाख २१ हजार एक सय ५९ जना मतदाता रहेका छन् भने धरानमा मात्रै ७९ हजार २ सय ८२ जना मतदाता रहेका छन् ।