काठमाडौं/वैवाहिक सम्वन्ध विच्छेद (डिभोर्स) गर्नेको संख्या विगतको भन्दा बढेको पाइएको छ । केन्द्रीय पञ्जीकरण विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०७३/७४ को पहिलो ८ महिनामै १ हजार १ सय ९९ जोडीले डिर्भोस दर्ता गराएका छन् ।

गत आव २०७३/७४ मा १ हजार ६५ डिर्भोसका घटना दर्ता भएकामा चालू आवको ८ महिनामै झण्डै १२ सय डिभोर्सका घटना दर्ता भएको छ ।

विभागका अनुसार आव २०७१/७२ मा १ हजार ३ सय ५५, २०७०/७१ मा १ हजार १ सय ४ र २०६९/७० ५ सय ५७ जोडीले डिर्भोस दर्ता गराएका थिए । ५ वर्षमा डिभोर्स गर्नेको संख्या दोब्बर, ८ महिनामै ११ सयले गरे डिभोर्स ५ वर्षमा डिभोर्स गर्नेको संख्या दोब्बर, ८ महिनामै ११ सयले गरे डिभोर्स चालू आवको फागुनसम्ममा १ लाख २९ हजार ५ सय ६२ वटा विवाह दर्ता भएका विभागले जनाएको छ ।