[caption id="attachment_12640" align="alignnone" width="960"] फायल फाेटाे[/caption] पथरी/ मोरङको बेलबारी नगरपालिका ७ स्थीत शसस्त्र बेश क्याम्पले बिभिन्न समयमा पक्राउ गरेको अवैध मदिरा नष्ट गरेका छन् । शनिबार स्थानीयको उपस्थीतमा बरामद अवैध २ सय लिटर मदिरा खाल्टोमा पुरेर नष्ट गरेको हो । रमाइलो,बयरवन र केरौनबाट दक्षिण भारतको सिमाना सम्म साइकलमा अत्याधिक अवैध घरेलु मदिरा लाने गरेकोले त्यो रोक्न पक्राउ गरेको शसस्त्र वेक्याम्प बाहुनीका इस्पेक्टर सुभाष भट्राईले बताए ।