धरान-१३ का टोले फटाहा पक्राउ
धरान/टोले फटाहाको रुपमा परिचित धरान–१३ स्वस्तिका मार्गका गुन्थुन भनिने सन्तबहादुर लिम्बूलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
स्थानीयबासीहरुको घरमा ढुंगा हान्नेलगायत विभिन्न कृयाकलपामा संलग्न रही फरार रहेका गुन्थुनलाई इलाका प्रहरी कार्यालय धरानले धरान-१३ बाटै पक्राउ गरेको हो । तीन महिना अघि पनि एक मासु ब्यापारीलाई ‘काट्ने धम्की’ दिएपछि प्रहरीले सार्वजनिक मुद्दा चलाएको थियो । तर, उनी धरौटमिा छुटेका थिए ।
चैत्र १० गते एक स्थानीयको घरमा ढुंगा हान्दै धम्की दिएपछि उनको नाममा उक्त घरधनीले किटानी जाहेरी दिएको थियो । त्यसपछि प्रहरीले खोजीरहेको थियो । त्यही क्रममा बिहीबार धरानबाटै पक्राउ गरेको हो । उनलाई फेरि सार्वजनिक मुद्दा चलाइएको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । शुक्रबार म्याद थपसमेत गरिसकेको छ । लिम्बू लागूऔषध प्रयोगकर्तामसेत हुन् ।