धरान/धरान प्रहरीले फरार अपराधीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । यस क्रममा बिहीबार लागूऔषध मुद्धामा कैद पाएर फरार रहेकी धरान–११ की विमला राईलाई पक्राउ परेको हो । पक्राउ गरेलगत्तै प्रहरीले जिल्ला अदालतमा हाजिर गराएको छ । उनी २०७२ साल जेठ १९ गते जिल्ला अदालतले एक महिना ३ दिन कैद र १५ सय रुपैया जरिवाना तोकेको थियो । तर, उनी कैद र जरिवाना भुक्तान नगरी फरार रहेकी थिइन् ।