[caption id="attachment_45660" align="aligncenter" width="800"] फायल फाेटाे[/caption]

राजविराज/ विषालु गोमन सर्पको डसाइबाट आज यहाँ एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको कृष्णवरण गाउँपालिका–४ निवासी बेचन यादवकी ११ वर्षीया छोरी ज्ञानीकुमारी यादव रहेको इलाका प्रहरी कार्यालय, मोहुलीले जनाएको छ ।

आज बिहान आफ्नै घर अगाडि आँगन बढार्ने क्रममा बालिकालाई सर्पले डसेको थियो ।

सर्पको डसाइबाट गम्भीर अवस्थामा पुगेकी उनको विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिप्रकाले जनाएको छ ।

रासस