धरान/३३ वर्षपछि वन मुद्दामा कैद पाएका धरान–८ का रामबहादुर तामाङ घरबाटै पक्राउ परेका छन् । उनी २०४१ साल माघ ५ गते एकवर्ष कैद र १९ हजार २ सय ८० रुपैया जरिवाना पाएका थिए । उनलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले बुधबार पक्राउ गरेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । पक्राउ परेका तामाङलाई जिल्ला अदालतमा बुझाइएको छ । उनी कैद र जरिवना भुक्तान नगरी फरार थिए ।