स्थानीय निर्वाचनको मतपरिणाम धमाधम आई रहदाँ नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार हालसम्म प्रमुख प्रतिपक्षी नेकपा एमालेले विभिन्न २८ स्थनमा जीत हासिल गरेको छ भने उस्ले ७६ स्थानमा अग्रता कायम राखेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ । उस्ले २५ स्थानमा विजय हासिल गर्दा ५९ स्थानमा अग्रता लिएको छ ।

उता,माओवादी केन्द्रले हालसम्म १७ स्थानमा जित हासिल गरेको छ भने २८ स्थानमा उस्को अग्रता छ । यस्तै चार महानगरपालिका मध्ये ललितपुर बाहेकका अन्य तीन महानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । जसमध्ये काठमाडौंमा एमाले उम्मेद्धार विद्यासुन्दर शाक्य कांग्रेसका राजुराम जोशीभन्दा ३ सय ४३ मतले अगाडि छन । शाक्यले १ हजार ८३ मत पाएका छन । उता बहुत चासोका साथ हेरिएको भरतपुर महानगरपालिकामा प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाललाई झण्डै ८ सय ३० मतले पछाडि पार्दै एमाले उम्मेद्धार देवी ज्ञवाली अग्रस्थानमा छन ।, त्यहाँ उनले २४५९ मतका साथ अग्रता लिइरहेका छन । उता काग्रेस माओवादी गठबन्धन भएको पोखरामा एमाले उम्मेद्धार १६ सय मतान्तरले अगाडि छन । त्यहाँ एमाले उमेद्धारले मानबहादुर जिसिले ५२३० मतका साथ अग्रता लिइरहेका छन । यता,ललितपुर महानगरपालिकामा भने कांग्रेसले अग्रता लिएको छ । चिरिबाबु मर्हजनले ६०८४ मत पाँउदा उनलाई एमाले उम्मेद्धार हरिकृष्ण व्यञ्जनकारले ५७७९ मत पाएर पच्छाइरहेका छन ।