धरान/३९ स्थानमा भएको चुनावी मत परिणाम अनुसार एमाले १५ स्थानमा विजयी हुँदै पहिलो नम्बरमा आउन सफल भएको छ । नेपाली कांग्रेस १२ स्थानमा जित हासिल गर्दै दोस्रो नम्बरमा छ भने माओवादी केन्द्र ११ स्थानमा जित हासिल गर्न सफल छ । अग्रताको हिसावले पनि अहिले एमोले नै अघि छ । पहिलो चरण अन्तर्गत ३४ जिल्लामा भएको निर्वाचनको मत परिणामहरु आउने क्रम जारी छ । केही गाउपालिका र नगरपालिकामा चुनावी मत परिणामहरु आइसकेका छन् । जस अन्तर्गत नै एमाले ७६ स्थानमा अहिले पनि मतगणनाको हिसावले पहिलो नम्बरमा छ । त्यस्तै कांग्रेस ५२ स्थानमा अग्रता कायम गरिरहेको छ । माओवादी केन्द्र भने ३२ स्थानमा अग्रता कायम गरेको छ । राप्रपाले हालसम्म खाता खोल्न सकेको छैन् । यता स्वतन्त्रबाट एकजनाले जित निकालिसकेको छ । त्यस्तै फोरम–नयाँ शक्तिको अवस्था पनि नाजुक छ । अहिले सर्वाधिक चर्चामा रहेको चितवन, काठमाडौं र पोखरामा एमाले नै पहिलो नम्बरमा छ । मतगणना जारी छ । एउटा उम्मेद्वारले जित्नको लागि करिव ४० हजारको हाराहारीमा मत ल्याउनु पर्ने हुन्छ । त्यो हिसावमा हाल ५ हजार मत पनि गणना भएको छैन् । चुनावी मत परिणाम आएका क्षेत्रहरुमा विजयी जुलुसहरु निस्किन सुरु भइसकेका छन् । २० वर्षपछिको ब्यग्र प्रतिक्षापछि भएको चुनावका कारण पनि जनतामा एकदमै उत्सुक रहेका छन् ।