धरान/पहिलो चरणको ३४ जिल्लाको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार कांगे्रस १० र एमालेले पनि १० स्थानबाट चुनाव जितिसकेको छ ।

त्यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा छ । उसले ८ स्थानबाट जित निकालिसकेको छ । अहिले मत परिणाम आउने क्रम जारी छ । थोरै मतदाता संख्या भएको क्षेत्रहरुमा भने परिणाम आइरहेो छ । त्यस्तै धेरै मतदाता संख्या रहेको त्यसमा पनि सर्वाधिक चर्चामा रहेको काठमाडौं, पोखरा र चितवनमा एमालले नै बर्चश्व कायम गरिरहेको छ ।