धरान/पहिलो चरणको ३४ जिल्लाको मत परिणाम आउने क्रम जारी छ । पछिल्लो मत परिणाम अनुसार कांगे्रस ९ स्थानमा विजयी बन्दै अग्रस्थानमा छ ।

एमालेले कांग्रेसलाई पछ्याइरहेको छ । ८ स्थानमा जित्दै एमाले दोस्रो स्थानमा छ । त्यस्तै माओवादी केन्द्र तेस्रो स्थानमा छ । उसले ६ स्थानमा जित दर्ता गरेको छ ।
अहिले मत परिणाम आउने क्रम जारी छ । थोरै मतदाता संख्या भएको क्षेत्रहरुमा भने परिणाम आउने क्रम जारी छ । त्यस्तै धेरै मतदाता संख्या रहेको त्यसमा पनि सर्वाधिक चर्चामा रहेको काठमाडौं, पोखरा र चितवनमा एमालले नै बर्चश्व कायम गरिरहेको छ ।
काठमाडौंबाट एमालेका विद्यासुन्दर शाक्यले २६९ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । कांग्रेस दोस्रो नम्बरमा छ । त्यस्तै पोखरामा पनि एमालेले नै लिड गरिरहेको छ । एमालेका मानबहादुर जिसीले १४६३ मत प्राप्त गरिसकेका छन् । त्यहाँ पनि कांग्रेसले नै पछ्याइरहेको छ । यता भरतपुरमा भने प्रचण्ड पुत्री रेणु दाहालको एमालेलाई पछ्याइरहेकी छन् । उनले ७२७ मत प्राप्त गरिरहँदा एमालेका देवी ज्ञवालीले ८६१ मत प्राप्त गरेका छन् ।
भरतपुरको चुनाव निक्कै रोचक ढङ्गले अघि बढिरहेको छ । केही समय दाहालले लिड गरे पनि पुनः ज्ञवाली फेरि अघि बढेका छन् । चुनवाी मत परिणाम सुस्त भइरहँदा जनतामा भने एकखाल्को आक्रोस व्यक्त भइरहेको छ ।
निर्वाचन आयोगले भने मत गणनाकै लागि पुनः कर्मचारीहरु खटाएको बताएको छ । थोरै मतदाता रहेको क्षेत्रमा बुधबारसम्म मत परिणाम आइसक्ने छ भने अत्यधिक मतदाता भउको क्षेत्रहरुमा भने मत परिणाम आउनको लागि केही दिन लाग्ने बताइएको छ ।