तनहुँ/तनहुँको व्यासीमा आइतबारे विक्रम परियारको हत्यामा संलग्न भएको आरोपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना महिला पनि छन् ।

उनीहरुलाई आइतबार राति व्यासीकै एक घरबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धान चलिरहेको भन्दै प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन । आइतबार मतदान गरेर बजार घुम्न निस्किएका बेला नचिनेका मानिसको समूहले परियारको हत्या भएको थियो । उनको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।