डोल्पा/तिब्बतसँग जोडिएको नेपालको डोल्पाका दुई गाउँपालिकाहरुमा एमालेका उम्मेद्वारहरु निर्विरोध निर्वाचित बनेका छन् । तिब्बतसँग सीमा जोडिएको शेफोक्सुण्डो र डोल्पो बुद्ध गाउपालिकामा एमालेका उम्मेद्वारहरु निर्विरोध निर्वाचित बनेका हुन् । अन्य पार्टीहरुको उम्मेद्वार नपरेपछि उनीहरु निर्विरोध निर्वार्चित बनेको निर्वाचन आयोगले जनाएको छ । शेफोक्सुण्डोमा तसी तुण्डुक गुरुङ र उपप्रमुख बाहेक अरु सबै पदमा एमाले उम्मेदवार निर्विरोध भएको बताइएको छ । डोल्पो बुद्ध गाउँपालिका प्रमुखमा एमालेकै लंकवहादुर रोकाय निर्विरोध भएका छन् । उपप्रमुख सहित अन्य पदमा पनि एमालेको मात्र उम्मेदवारी परेको छ जिल्ला निर्वाचन अधिकृत रामवहादुर बुढाले बताए।