धाधिङकी एमाले उम्मेद्वार मृत अवस्थामा फेला
- वैशाख २०, २०७४
- ब्लाष्ट खबर
धाधिङ/स्थानीय तहको चुनाव लड्ने तयारी गरिरहेकी एक उम्मेद्वार बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
धाधिङको धुनिबेसी नगरपालिका–३ की दलित महिला उम्मेद्वार बिना मिजार झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । ३५ वर्षीया मिजार नेकपा एमालेबाट दलित महिला उम्मेद्वार चयन गरेको थियो । तर, उनलाई बुधबार बिहान ९ बजेतिर झुण्डिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
मिजारको हत्या वा आत्महत्या बारेमा हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । धाधिङ धार्केका इनिस्पेक्टर जीवन निरौलाले उनको विषयमा अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमको लागि जिल्लास्थित अस्पतालमा पठाइएको बताए ।
त्यसो त, मंगलबार पनि मनोनयन दर्ता दिन रसुवोको कालिका गाउँपालिका खटिएका निर्वाचन अधिकृत सन्तोष गिरी झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको शव काठमाडौं लगिएको छ । हाल अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।