झापा/झापा कारागारमा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालका प्रवक्ता हरिप्रसाद शर्माका अनुसार धरमपुर ४ वस्ने २० वर्षीय वीरमाया भनिने सरु तामाङको मंगलबार दिउँसो उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो । जिल्ला अदालत झापाले तामाङलाई २०७१ चैत १८ गते अपहरण मुद्धामा ८ वर्ष कैद फैसला गरेको थियो । प्रहरीका अनुसार तामाङको पाठेघर सम्बन्धी समस्या थियो ।

चार दिनअघि उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र त्यहाँ उपचार सम्भव नभएकाले विराटनगरको नोबल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।