धरान/धरानको प्रवेशद्वार तिनकुने चेकपोष्टबाट चेकिङका क्रममा बुधबार राति एक युवा लागूऔषधसहित समातिएका छन् । धरान–१५ का २० वर्षीय नारायण पोखरेल र सोही ठाउँकै १७ वर्षीय विशाल खड्काको शरीरबाट लागुऔषध २५ एम्पुल टिडीजेसिजकसहित प्रहरीले समातेको हो । उनीहरुले तिघ्रामा टेपले बेरेर ल्याउदै गरेको अवस्थामा एभिल, डाइजेलाव र लुपिजेसिक गरी (टिडीजेसिक) २५ थान बराबद गरेको हो । त्यस्तै १० ट्यावलेट नाइट्रोसनसमेत बरामद् गरेको छ । उनीहरुले धरान–५ देउरालीका प्रदीप राईले पैसा दिएर पठाएको भनी प्रहरीमा बयान दिएपछि निजको घरमा खानतलासी गर्दा नाइट्रोसन १८ ट्यावलेट फेला परेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । राईको सिरानी मुनी राखेको अवस्थामा नाइट्रोसन बरामद् गरेको उनले बताए । उनीहरुलाई लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको छ ।