धरान/प्रहरीले कोशी अञ्चलमा सञ्चालन गरेको डेल्टा अप्रेसन अन्तर्गत सोमबार धरान–१५ सुनसरीबाट एकजनालाई लागूऔषधिसहित डेराबाटै पक्राउ गरेको छ । प्रहरीले धरान–१५ नौलोपथ डेरा गरी बस्दै आएका ४० वर्षीय सूर्य रार्इलार्इ पौनै ८ बजे राति नियन्त्रणमा लिएको हो । उनको डेराबाट विशेष सूचनाको आधारमा कोशी अञ्चल प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले प्लाष्टिकमा पोका पारेको अवस्थामा १ केजी ८ सय ग्राम गाजा फेला पारेको डिएसपी ढकेन्द्र खतिवडाले बताए । उनले लो बेडको घर्रामा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । उनको साथमा रहेको १२ हजार दुईसय २० रुपैया, एक थान सामसुङ मोबाइलसमेत बरामद गरेको छ । उनलाई लागु औषध मुद्दामा आवश्यक कार्वाही तथा थप अनुसन्धान भई रहेको इप्रका धरानले जनाएको छ ।