धनगढी– धनगढी उपमहानगरपालिकामा एक बालिका बुधबार बलात्कृत भएकी छन् । घरमा आमा, बुबा नभएको मौका छोपेर बालिकालाई घरबेटीका छोरा १७ वर्षीय महेश्वर शर्माले बलात्कार गरेको आरोप रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईन्द्र मल्लले बताए ।
रक्ताम्मे अवस्थामा फेला पारेकी ती बालिकालाई घरबेटीकी छोरीले अभिभावकको जिम्मा लगाएको बताईएको छ ।
स्वास्थ्य अवस्था नाजुक रहेकी बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको महिला पुनःस्थापना केन्द्रकी बिनु रानाले जानकारी दिइन् । अभियुक्त शर्मालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक मल्लले बताए।
यसैबीच पीडित पक्षले प्रहरी र अस्पताल प्रशासनको मिलेमतोमा घटनालाई ढाकछोप गर्न लागेको आरोप लगाउँदै सेती अञ्चल अस्पतालमा धर्ना दिएका छन् । रासस