धरान/चपली हाइट–२ ब्लकबस्टरमा सुपर फ्लप भए पनि नायक तथा मोडल आयुस्मानदेशराज जोसी भने सेलिब्रेटी बने ।
त्यही सेलिब्रेटी नायक तथा मोडल आयुस्मानले धरानमा शुक्रबार राति सम्पन्न ‘फिटनेस एण्ड फेसन शो’ मा देखिए ।

आयुस्मानको पर्खाइमा रहेका धराने फ्यानहरु सामू उनी र्याम्पमा मात्रै उत्रिएनन्, एउटा गीतसमेत प्रस्तुत गर्दै धरान आफूलाई मनपर्ने ठाउ भएको बताए । उनले ‘तिम्रो मनमा लुकेको कुरा, नभने पनि’ बोलको गीत गाउँदै सांगीतिक स्वाद पस्किए ।
सीमा तोदीद्वारा सञ्चालित श्रद्धा स्टोर र झुनाज फिटनेसको संयुक्त आयोजनामा भएको तेस्रो संस्करणमा लेहेङ्गा, साडी, कुर्तामा ११ जना मोडलहरु ¥याममा उत्रिदा अन्तिम केही मिनेट आयुस्मानले पनि साथ दिए । लिसरा थापा मगर, प्रिया श्रेष्ठ, रोशिमा राई, प्रेसिका निरौला, आकृति गुरुङ, कञ्चन पोखरेललगायतका स्थानीय मोडलहरु विभिन्न सिक्वेन्समा ¥यामवर्क गरे ।
डिजे ललित राईको कोरियोग्राफीमा मोडलहरु र्याममा उत्रिएका थिए । कार्यक्रमको बीचबीचमा झुनाजको जुम्बा डान्सहरुले मनोरञ्जन प्रदान गरियो भने डिपोटका विद्यार्थी जोन राईले गीतमार्फत् मनोरञ्जन दिए । मिष्टर पूर्वाञ्चल बनेका बडिबिल्डर पारष भुजेलले पनि आफ्नो प्रतिभा देखाए । श्रद्धा स्टोरले हरेक वर्ष आफ्ना उत्पादनहरुको प्रचारात्मक रुपमा फेसन शो गर्ने गरेको छ ।