जनकपुर/ धनुषामा ट्याक्टरले किच्दा तीन बालिकाको मृत्यु भएको छ । सडक छेउँमा शौच गर्न गएका बालिकाहरुलाई ट्याक्टरले किचेको थियो ।
मृत्यु हुनेमा धनुषा गोठकोयलपुर–९ का सोखीलाल साफीकी तीन वर्षीया छोरी सविता, श्याम साफीकी पाँच वर्षीया छोरी सञ्जिता र ठेकुवा साफीकी पाँच वर्षीया छोरी प्रिया रहेका छन् ।
धनुषा गिद्धाबेलापट्टीबाट इँट्टा लिएर आउँदै गरेको ज १ त ३६२२ नम्बरको ट्याक्टरले उनीहरुलाई किचेको थियो ।
धनुषाका प्रहरी नायव उपरीक्षक मनोज यादवका अनुसार स्टेरिङ फेल भएर ट्याक्टर सडक छेउँमा पल्टिँदा शौच गर्न गएका तिनैजना बालिकाको मृत्यु भएको हो ।
बालिकाहरुको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।