धरान/नयाँ शक्ति नेपालका आर्थिक नीति विभाग प्रमुख रामेश्वर खनालले पार्टी परित्यागको घोषणा गरेका छन् ।
नयाँ शक्ति घोषणा गर्नु अगाडि गठन गरिएको केन्द्रीय परिषदका संस्थापक २५ सदस्यमध्येका एक खनालले पार्टीका आर्थिक योजना तथा प्रतिवेदन निर्माणमा प्रत्यक्ष रुपमा बाबुरामसँग मिलेर काम गरेका थिए ।
तर, पछिल्लो समय पार्टीका कुनैपनि गतिविधिमा सहभागी नभएका खनालले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू पार्टीको कुनै जिम्मेवारीमा नरहेको कुरा औपचारिक रुपमै स्पष्ट पारेका हुन् ।
‘म कुनै पार्टीमा छैन् । राजनीति मेरो क्षमताको विषय रहनेछ’, ट्वीटरमार्फत प्रष्टिकरण दिएका छन् ।खनालले नयाँ शक्ति परित्याग गरेसँगै उनी रवीन्द्र मिश्रको साझा पार्टीमा जाने चर्चा छ । तर, यसबारे खनाल केही बोलेका छैनन् । खनाल नेपाल सरकारका पूर्व अर्थसचिव हुन् ।
खनालको ट्वीटः