धरान/सुर्खेत जिल्ला घर भइ हाल राजधानीमा बसेर महिला बेचविखनमा सक्रिय खडानन्द कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओमनमा बेचिएर सकुशल नेपाल आएकी एक महिलाले दिएको उजुरीका आधारमा कँडेललाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार सुर्खेतको बाबियाचौर गाविस– ६ स्थायी घर भई हाल ललितपुरको ईमाडोल– ५ बस्दै आएका ४० वर्षीय कँडेललाई उनकै डेराबाट प्रहरीले पक्राउ गरेको थियो ।
ललितपुर प्रहरीले अनुसन्धान पश्चात आवश्यक कारवाहीका लागि प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।
कँडेलले दुई वर्ष अगाडिदेखि श्रम स्वीकृत नलिई नेपालबाट महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी खाडी मुलुकमा पुगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
कँडेलले कुवेत पठाउने भनेर चार जना महिलालाई ईमाडोलस्थित आफ्नो डेरामा राखेका थिए । फागुन १४ गतेदेखि राखिएका ती महिलाहरू राखेको उजुरी परेपछि प्रहरीले सकुशल उद्दार गरेको छ