धरान/ नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई नक्कली फेसबुक पेजका कारण हैरानी खेपिरहेका छन् ।
तर, उनले त्यो हैरानी तव थाहा पाए, जव पत्रकार किशोर श्रेष्ठले भट्टराईको नामको फेसबुकमार्फत् पोष्ट शेयर गरे । त्यसपछि उनलाई आफ्नो फेसबुक पेज नक्कली बनाएर चलाएको भन्ने भेद खुल्यो ।
उक्त पोस्टमा नेकपा एमालेलाई गाली गर्दै एक समाचार लेखिएको थियो । प्रेस काउन्सिलका सदस्य समेत रहेका श्रेष्ठले पोस्ट सेयर गर्दै लेखे, ‘के भनेको यस्तो डाक्टर साब,अहिलेको दुनियाँमा कसैले कसैलाई निषेध गरेर हुने हो रु तपाइँ शहीद दिवस ९२१ फागुन० को अवसर पारेर मधेस पसेको एमालेलाई नेपालबाटै निषेध गरौं भन्ने,मधेसी मोर्चाले यहीबेला एमालेमाथि हमला गर्ने ।
तर, उनले सेयर गरेको पेज डा. बाबुराम भट्टराईको थिएन कसैले भट्टराईको नाममा बनाएको नक्कली पेज थियो । यतिबेलासम्म उनको उक्त पोस्ट झण्डै दुई सय जनाले लाइक गरेका छन् भने २४ जनाले सेयर तथा १ सयभन्दा बढीले कमेन्ट गरेका छन् । कमेन्ट गर्ने धेरैले बाबुरामलाई गाली गरेका छन् ।
कमेन्टमा भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले श्रेष्ठलाई उक्त पेज फेक भएको भनेर जानकारी गराए पनि उनले समाचार तयार पार्दा सम्म उक्त पोस्ट हटाएका छैनन् । भट्टराईले यसको उपचार खोज्ने भएका छन् ।