इटहरी/सप्तकोशी एफएमका कार्यक्रम प्रस्तोता मनोज दाहाल आरजे मात्रै होइनन् । गायन र संगीतमा पनि उनको उत्तिकै लगाव र सक्रियता छ । ६५ सालमा इटहरीका एकसय पचार घरमा अन्नपूर्ण पोष्टको वितरकको रुपमा मिडियाको संगतमा आएका दाहालले त्यसयता विभिन्न तीन एफएमहरुमा काम गरिसकेका छन् ।
पत्रिकामा पनि उनले सुनसरीको तरहरा बाट प्रकाशित पत्रिका लोकल खबरमा पनि दाहालले संवाददाताको रुपमा काम गरेका छन् । यी सबै सञ्चारकर्मबाहेक पछिल्लो समयमा दाहाल संगीत क्षेत्रमा समेत सक्रिय हुनथालेका छन् । ‘पहिलो प्रयास’ नामक एल्बम्मा ६ वटा गीतमा ३ वटा गजल रहेका छन् ।
चर्चित संगीतकार बलराम समालको संगीतमा दाहालका दुई गीत बनेका छन् । बाँकी गीतमा भने दाहाल आफैले संगीत भरेका छन् । रेडियोकर्म र सांगीतिक सक्रियतालाई एकै क्षेत्रका समकक्षी कर्म मान्ने दाहाल अब आफ्ना केही गीतका म्युजिक भिडियोसमेत बनाउन तयारी थालेको बताउँछन् ।