त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोके पछि आठ वर्षदेखि रोकिएको स्ववियु निर्वाचन हुने उत्सावमा विद्यार्थी संगठनहरू हौसिएका छन् । २०६९ सालमा अन्तिम समयमा आएर निर्वाचन स्थगित भए पछि स्ववियुमार्फत नेतृत्व निर्माण हुने प्रक्रिया अवरुद्ध हुनु ठूलो दुभाग्य हो ।

निश्चय नै स्ववियु निर्वाचन विद्यार्थीको हकहितसित सम्बन्धित चुनाव हो तर पनि यसले देशकै राजनीतिलाई दूरगामी असर पार्ने छ । विद्यार्थी संगठन भनेको नेता उत्पादन गर्ने नर्सरी हो । यस कारण स्ववियु निर्वाचनले राजनीतिको आगामी पुस्ताको आगमनको संकेत पनि गर्छ । पार्टी राजनीतिलाई कुशल नेतृत्व निर्माणको आधार तयार गर्ने स्थल नै स्ववियु निर्वाचन हो । नेतृत्व विकासमा निकै महत्व राख्ने निर्वाचन यतिका लामो समय सम्म निर्वाचन रोकिनु नेपाली राजनीतिलाई घाटाको विषय हो । लामो सयम पछि स्ववियु चुनावको माहौल भनेको छ । निरंकुश पञ्चायती व्यवस्थामा बहुदलीय व्यवस्थाका लागि संघर्ष चर्किरहेको अवस्थामा स्ववियुको स्थापना भएको इतिहास छ । स्वतन्त्र विद्यार्थी युनियनको माध्यमले पनि लोकतन्तान्त्रिक आन्दोलनलाई गति प्रदान गरेको यथार्थलाई भुल्नु सकिदैन् । आन्दोलनको मोर्चामा अग्रपङतीमा रहने सिपाईहरु भनेको ती नै विद्यार्थी तथा युवाहरु हुन । यि आस लाग्दा जमातलाई बलियो बनाए मात्र देशको राजनीतिको जग बलियो हुने कुरालाई ध्यान पु‘याउनु पर्दछ ।

स्ववियु निर्वाचनको अभावले जाम भएको विद्यार्थी हकहित, नेतृत्व विकासका एजेण्डाहरु स्थापित गर्न स्ववियु निर्वाचनलाई सहज र निर्वाध सम्पन्न गर्न सबै राजनीतिक दलले चासो र हसयोग गर्नु नितान्त आवश्यक भएको छ । राजनीतिक दलहरूले विगतदेखि बोक्दै आएको आफ्नो रुढ चिन्तनबाट आफूलाई मुक्त गरेर विद्यार्थी राजनीतिप्रति सकारात्मक धारणा बनाउनु वाञ्छानिय हुने छ । अबको ठूलो चुनौती भनेको संविधान कार्यान्वयन हो । यो चेतनालाई जनस्तरसम्मै प्रवाह गर्न युवा र विद्यार्थीहरुलाईै प्रशिक्षण दिएर कार्यक्षेत्रमा खटाउनुको विकल्प छैन् ।