पूर्वकै सर्वाधिक चर्चामा रहेको अन्तर्राष्ट्रिय आमन्त्रित बूढासुब्वा गोल्डकप धरानस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहीबार शुरु भएको छ । धरान पूmटबल क्लबले २०५५ सालदेखि नियमित रुपमा सञ्चालन गरिरहेको प्रतियोगितालाई १९ औँ संस्करणसम्म पु¥याउनु धरानका लागि गौरवको कुरा हो । देश–विदेशका खेलाडीहरुको जमघट हुने यस प्रतियोगिताले धरानको गरिमामात्रै बढाएको छैन, पूर्वको पर्यटन प्रवद्र्धनलाई समेत टेवा पु¥याएको छ ।

विदेशी टीमसहितको यस्तो ठूलो प्रतियोगिता सम्पन्न गर्नु चानचुने विषय होइन । पूर्वको खेल विकास तथा पर्यटन प्रवद्र्धनमा कोशेढुङ्गा मानिने यस्ता ठूला प्रतियोगिता सञ्चालन गर्न स्थानीयस्तरको सहयोग पनि महत्वपूर्ण हुन्छ ।हरेक सिजनको अन्तिमतिर हुने गरेको बूढासुब्बा गोल्डकप नियमित हुँदै आए पनि यसले लामो समयदेखि स्तरीय खेल मैदानको अभाव झेल्दै आएको छ । प्रशिक्षणका लागि एन्फाले तयार गरेको सानो मैदानमा खेल हुँदा खेलाडीहरुले सास्ती पनि खेप्ने गरेका छन् । पर्याप्त प्याराफिटको अभावमा दर्शकहरुलाई व्यवस्थापन गर्नसमेत आयोजकले समस्या झेल्ने गरेको छ ।

यत्रो लामो समयसम्म समस्या सुल्झाउन नसक्नु चिन्ताको विषय भएको छ । वर्षेनी बाँसको प्याराफिट बनाएर लाखौँ खर्च गर्नुको सट्टा लगानी गरेर स्थायी प्याराफिट निर्माणको आवश्यकताप्रति सरोकारवालाहरुले ध्यान पु¥याउनुपर्दछ ।क्षेत्रीय रङ्गशालाको अवधारणामा धरान–१६ मा रङ्गशाला निर्माण प्रारम्भ भएको तीन वर्ष पुगेको छ । तीन वर्षसम्म पनि निर्माण सम्पन्न नगर्नु र साँघुरो मैदानमा ठूला प्रतियोगिता गर्न बाध्य हुनु खेल विकासका लागि शुभसङ्केत होइन । नियमित खेल सञ्चालन एउटा सुन्दर पक्ष हो । नियमिततासँगै उत्कृष्ट व्यवस्थापन अपरिहार्य हुन्छ । विगतमा प्रतियोगिताको जस्तो आकर्षण थियो, त्यो अहिले घटेर गएको छ ।

आयोजकले यस विषयमा पनि गम्भीर हुनु जरुरी छ । कुनै समय प्रतियोगिता हेर्न मानवसागर उर्लिएको इतिहास छ तर पछिल्लो समय प्रतियोगिताले दर्शकको अभाव झेल्न थालेको यथार्थलाई बुभ्mनुपर्दछ । धरान पूmटबल क्लबले नियमित प्रतियोगिता गरेर राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडीहरुको जमघट गराए पनि क्लबले स्थानीयस्तरको बलियो टीम बनाउन नसक्नु ठूलो कमजोरी हो । भर्खर शुरु भएको झापा–११ टीम राष्ट्रिय स्तरमै बलियो बनिसकेको छ तर धरान पूmटबल क्लबले १९ औँ संस्करण सञ्चालन गरिरहँदासमेत आप्mनो टीमलाई बलियो बनाउन नसक्नु व्यावसायिक पूmटबल विकासको शुभसङ्केत होइन । क्लबले प्रतियोगिता निरन्तरतासँगै खेलाडी उत्पादन र प्रतियोगितालाई स्तरीय बनाउन ध्यान पु¥याउनुपर्दछ ।