प्रहरी सङ्गठनको केन्द्रीय विभाग ‘मुस्कानसहितको सेवा’ अभियानको प्रचार–प्रसारमा सक्रिय रहेकै बेला झापा र सुनसरीमा भने प्रहरीले ज्यादती गरेका समाचारहरु प्रकाशमा आएका छन् । समाजमा शान्ति सुरक्षा कायम गरेर नागरिकलाई शान्ति र सुरक्षाको प्रत्याभूति दिने दायित्व प्रहरीको हो । यसैका लागि सरकारले यो सङ्गठनको स्थापना गरेको हो । तर प्रहरीकै कारण नागरिकमा त्रासको सिर्जना हुनु कुनै पनि अर्थमा सकारात्मक विषय हुन सक्दैन । नागरिकले प्रहरीबाट नै त्रासको अनुभव गर्ने अवस्था सिर्जना हुनु दुःखद् पक्ष हो ।

झापा र सुनसरीमा यस्तै अवस्था सिर्जना भएका घटना बाहिर आएका छन् । सुनसरीको महेन्द्रनगर इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दुर्गा अधिकारीले यथार्थ विषय नै नबुझी सर्वसाधारणलाई मानसिक यातना दिने गरेको सर्वसाधारणले बताएका छन् । उनकै कारण त्रासमा बस्नुपरेको सर्वसाधारणको भनाइ छ । उनले आपूm सो क्षेत्रमा आएलगत्तै एक सार्वजनिक समारोहमा महिला हिंसा र गुण्डागर्दीको अन्त्य गर्ने घोषणा गरेका थिए तर आप्mनो घोषणाको विपरीत महिलालाई मानसिक यातना दिन उनी आपैmँ अग्रसर भएको घटना सार्वजनिक भएको छ । अहिले स्थानीय बासिन्दा उनीबाट आतङ्कित भएका छन् । झापाको दमक इलाका प्रहरी कार्यालयबाट पनि यस्तै काम भएको घटना सार्वजनिक भएको छ । वैदेशिक रोजगारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट सफाई पाइसकेका दमक–११ का सतिश साहलाई पक्राउ गरेर प्रहरीले अनावश्यक दुःख दिएको छ ।

प्रहरीले फरार अभियुक्तका रुपमा पक्राउ गरेर उनलाई दुःख दिएको हो । डीएसपी राजन लिम्बूले उनलाई दुःख दिने आपूmहरुको उद्देश्य नभएको बताए पनि व्यवहारबाट भने यसको पुष्टि भएन । प्रहरी र नागरिकबीचको सम्बन्धलाई सुमधुर बनाउन विभागले जति नै अभियान चलाए पनि प्रहरीको व्यवहारमा खासै परिवर्तन हुन नसकेको यी घटनाहरुले देखाउँछन् । यी त प्रतिनिधि घटनामात्र हुन् । यो देशव्यापी समस्या हो । प्रहरीकै गलत आचरणका कारण प्रहरी र नागरिकबीचको दुरी बढ्ने गरेको छ ।

नागरिकले प्रहरीलाई आप्mनो संरक्षक ठान्न सक्ने अवस्था सिर्जना नभएसम्म प्रहरीबाट राज्यले गरेको अपेक्षा पनि पूरा हुन सक्दैन । नागरिकको सहयोगविना प्रहरी आप्mनो उद्देश्यमा पूर्ण रुपमा सफल हुन कठिनमात्र होइन, असम्भव नै हुन्छ । यसर्थ समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई नागरिकको सहयोग आवश्यक हुन्छ र यसका लागि प्रहरीको आचरणमा सुधार आउनु अपेक्षित छ । यसतर्पm सरकारका साथै सम्बन्धित विभागको पनि गम्भीर ध्यानाकर्णण हुनु आवश्यक छ ।