विरगञ्ज/वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरी भएको शिशु फेला परेको छ । शुक्रबार दिउसो चोरी भएको शिशु पर्साको बेलवामा फेला परेको हो । प्रहरी उपरीक्षक गोविन्द शाह नेतृत्वको टोलीले शिशुको उद्दार गरी नारायणी अस्पतालमा राखिएको छ । उक्त बच्चालाई पर्सा सिक्टाकी २७ वर्षीया लालसादेवी साहले चोरी गरी बेलवामा लुकाइराखेको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । वीरगञ्ज उपमहानगरपालिका–१ छपकैयाकी आशा देवी पासवानको नवजात शिशु प्रस्तुति गृहबाट चोरी भएको थियो ।