जटिल किसिमका रोगहरुबाट सर्वसाधारण नागरिकले अकालमा ज्यान गुमाइरहेका छन् । राज्यका सेवा–सुविधा उनीहरुको पहँुचभन्दा बाहिर हुँदा दीर्घरोगबाट थलिएका नागरिकसँग मृत्यु कुर्नेबाहेक अर्को कुनै विकल्प छैन । नेताहरु राज्यको ढिकुटीबाट करोडाँै रकम लिएर उपचारका लागि विदेश शयर गरिरहेका बेला नागरिकले भने सामान्य उपचार गर्न नसकेर पीडादायी जीवन बाँच्नु देशकै विडम्बना हो । राज्यको ढिकुटी सर्वसाधारणको पहुँचभन्दा बाहिर भएको विषयमा राज्य आलोचित पनि हुँदै आएको छ । पछिल्लो समय सरकारले १५ वर्षदेखि ७५ वर्षसम्मका नागरिकको बाथमुटु रोगको सम्पूर्ण उपचार सरकारले निःशुल्क गर्ने खबरले नागरिकलाई सान्त्वना मिलेको छ । राज्यको यो कदम स्वागतयोग्य छ । कुनै पनि नागरिकले उपचार गर्न नसकेर मृत्युवरण गर्नु त्यस देशका लागि दुःखदायी कुरा हो । हरेक दीर्घरोगको उपचारको खर्च सरकारले व्यहोर्नुपर्दछ । अन्य मुलुकहरुमा पनि बिमा कार्यक्रमअन्तर्गत नागरिकको उपचार गर्ने गरेको पाइन्छ । सरकारले अब हरेक नागरिकको स्वास्थ्य बिमा गरेर उनीहरुको उपचारमा सहजता ल्याउनु वाञ्छनीय हुने छ । सरकारले यसअघि क्यासर, मृगौला, फिस्टुला तथा मुटुरोगका बिरामीहरुलाई १ लाखसम्म उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो । सरकारले घोषणा गरेको सुविधाबारे नागरिकलाई अभैm जानकारी हुन सकेको छैन । यस्तो विपन्न परिवारका लागि राज्यले दिएको सुविधा पनि पहुँचवालाहरुले मात्र लिँदै आएका छन् । यसप्रति पनि राज्य गम्भीर हुनुपर्दछ । सरकारले घोषणा मात्र गरेर हुँदैन, राज्यको सुविधा लक्षित समुदायमा पुगे÷नपुगेको विषयमा प्रभावकारी अनुगमनसमेत गर्नु राज्यको दायित्व हो ।