एक समय नेपालले अमेरिकालगायतका देशमा ठूलो मात्रामा तयारी पोशाक निर्यात गर्ने गरेको थियो । देशमा उत्पादित तयारी पोशाक निर्यातबाट नेपालले विदेशी मुद्रा राम्रो आर्जन गरेको थियो । तर दुभाग्र्य, यस्ता गार्मेन्ट उद्योगहरुमा बालश्रम हुने गरेको र बालश्रम शोषण गरेर उत्पादन गरिएको तयारी पोशाक नकिन्ने भनेर अमेरिकाले नेपाली तयारी पोशाक आयातमा प्रतिबन्ध लगाएपछि नेपाली बजार खस्केको थियो । त्यस समय अमेरिकाले लगाएको आरोपको सामना नेपालले अभैm गरिरहेको छ । अभैm पनि नेपाली उद्योगले आप्mना उत्पादन अपेक्षितरुपमा निर्यात गर्न सकेको छैन । तर यस वर्ष पूर्वी नाकाबाट भारतलगायत तेस्रो मुलुकमा तयारी पोशाक निर्यात बढेको सङ्केत मिलेको छ । विराटनगरस्थित व्यापार तथा निकासी प्रबन्ध केन्द्रको तथ्याङ्कअनुसार गत आवमा २ अर्ब ८३ लाख ९२ हजार बराबरका तयारी पोशाक निर्यात भएको छ । मुलुकमा उत्पादित वस्तु यसरी विदेश निर्यात हुनु विदेशी मुद्रा आर्जनको अवसर हो । तर निर्यातभन्दा आयात कम हुन सकेन भने व्यापार घाटा व्यहोर्नुपर्ने हुन्छ । घाटा व्यापार पूर्ति गर्न राज्यले स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गरी उत्पादन बढाएर सामानको विदेश निर्यातमा जोड दिनुपर्दछ । स्वदेशी उत्पादनको निर्यात बढाउन सकिए मुलुकलाई समृद्ध बनाउन सकिन्छ । समुन्नत मुलुक बनाउनका लागि राज्यले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नु जरुरी छ । नेपाल सम्भावनाले भरिएको मुलुक हो । पहाडी क्षेत्रमा उत्पादन हुने जडिबुटी र तराईको जुटको सदुपयोग हुन सकेको छैन । पहाडी भेगबाट बगेर आएका खोलानालाहरुको सदुपयोग हुन सकेको छैन । नेपाललाई सम्पन्न बनाउन यहाँका जडिबुटीको निर्यातभन्दा यहीँ उद्योग स्थापना गरी औषधि उत्पादनमा ध्यान पु¥याउनु आवश्यक छ । सस्तो मूल्यमा कच्चा पदार्थ निर्यात गरी महङ्गो मूल्यमा प्रशोधित पदार्थ भित्र्याउने प्रवृत्तिले मुलुक समृद्ध हुन सक्दैन । यहाँका खोलानालाहरुलाई उपयोग गरी बिजुली निकालेर तेस्रो मुलुकमा बिक्री गर्ने सम्भावना प्रचुर मात्रामा छ । अब राज्यले जडिबुटी विदेश निर्यात गर्न रोकेर देशमै उद्योगधन्दाको विकासमा जोड दिनुपर्दछ । यहाँका खोलानालाबाट बिजुली उत्पादन गरी देशलाई बिजुलीमा आत्मनिर्भर बनाउने हिम्मत अब राज्यले गर्नुपर्दछ ।