धरान/एकसाता अघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन ओसारपसारमा संलग्न भएको आशंकामा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले मंगलबार राति काभ्रेको पनौतिबाट उनीहरुलाई पक्राउ गरको जनाएको छ । उनीहरुको नाम खुलाइएको छैन् । प्रहरीका अनुसार ती व्यक्तिहरु पनि सुनका मालिक नभई बुझ्ने व्यक्ति मात्रै रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले गत विहीबार दिउसो एयर अरेवियोको विमानबाट सुनसहित तीन जनालाई पक्राउ गरेको थियो । उक्त घटनामा प्रहरीले अनुसन्धान अझै जारी राखेको छ ।