इटहरी/ धरान इटहरी सडक खण्ड अन्तरगत सेउती खोला नजिक शुक्रबार दिउँसो एक बालिका बलात्कृत भएकी छिन् । सेउती खोला नजिक उदयपुर घर भई इटहरी बस्दै आएकी १५ वर्षीया बालिका बलात्कृत भएका हुन् ।बलात्कार गर्ने धरान–२३ का २७ वर्षीय निर्मल बडुवाललाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । घटना दिउँसो तीन बजेतिर भएको हो ।

rap

बलात्कार पछि भाग्ने क्रममा सडकमा उभिएका बडुवाललाई तत्कालै इलाका प्रहरी कार्यालय इटहरीबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले बताए ।धरानबाट इटहरी आउने बसमा चडेकी ती बालिका र पहिल्यै देखि चिनजान भएका उदयपुर हडियाका निर्मलबहादुर कार्कीसँग इटहरी आउने क्रममा थिए । तर, उनीहरु सेउती खोलामै उत्रिए र कार्की दिशा गर्न जंगलतिर गएको मौकामा जंगलमै रहेका अपरिचित व्यक्तीले बालिकालाई बोलाए पछि उनी भागेकी थिइन् ।

भागेर कार्की भएको ठाउँमा पुगे पछि ती अपरिचित व्यक्तीले आफूलाई कुटपिट गरी साथमा रहेको १५ हजार ६ सय रुपैयाँ समेत लुटेको कार्कीले बताए । त्यस पछि कार्की भागे भने बालिकालाई बडुवालले बलात्कार गरेको इटहरी प्रहरीले जनाएको छ । कुटपीटबाट कार्कीको अनुहार सुन्निएको छ । त्यो अपरिचित व्यक्तीले आफू प्रहरीको सई भएको भन्दै प्रहरीलाई खवर नगर्न पनि धम्की दिएको कार्कीले बताए ।

तर, कार्की तत्कालै इटहरी आइ प्रहरीलाई खवर गरे पछि तत्कालै पुगेको प्रहरीले बडुवाललाई नियन्त्रणमा लिन सफल भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवेदीले कार्की र ती बालिका बसबाट जंगलमा उत्रिनुको कारण सहित घटनाका विषयमा अनुसन्धान शूरु गरिएको बताए ।