Trending Tags

समाज

    Showing ७१-८० of ११,३३८ items.
  • करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु

    सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन् । उनीहरु ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अन्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो । अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए ।यस्तै सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्ष

    • प्रकाशित मितिः श्रावण १९, २०७९
    • १२५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भोजपुरको पौवादुङमा गाउँपालिकामा वडाबाटै बृद्ध भत्ता दिईदै

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरि वडाबाटै बृद्ध भत्ता दिन थालिएको छ । बृद्ध बृद्धालाई भत्ता लिन सहज होस भन्ने उदेश्यले वडाबाटै भत्ता दिन थालिएको हो । प्रत्येक वडामा सञ्चालन गरिएको घुम्ती शिविरबाट अशक्त , अपाङग तथा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिन शुरु गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । बुढेसकालमा गाउपालिका केन्द्र धाउन समस्या हुने भएकाले आफनै घर नजिकको पायक पर्ने ठाउबाट भत्ता दिन थालिएको उनले जानकारी दिए । आफनै वडाबाट भत्ता थाप्न पाए पछि लाभग्राहीको समय र पैसाको समेत बचत भएको अध्यक्ष राईको भनाइ छ । अध्यक्ष राईले भने ,‘‘गाउँपालिका केन्द्रमा रहेक

    • प्रकाशित मितिः श्रावण १८, २०७९
    • २४४ पटक पढिएको
    • सन्देश किराती
  • विपद्का क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन महानिरीक्षक सिंहको निर्देशन

    प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले विपद्का जोखिमयुक्त क्षेत्रको पहिचान गरेर आवश्यक स्रोतसाधनसहित पूर्व तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । काठमाडौँ उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र निर्माण भएको प्रहरी भवनको आज शुभारम्भ गर्दै अविरल वर्षाका कारण उत्पन्न डुबान, बाढी, पहिरो लगायतका सम्भावित विपद् क्षेत्रको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन गरेकाहुन् । “अपराध अनुसन्धान, शान्तिसुरक्षा व्यवस्थापनलगायत विपद् उद्धार कार्यमा प्रहरीले सदैव अग्रपङ्क्तिमा रहेर कार्यसम्पादन गर्दै आएको छ । कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले मा

    • प्रकाशित मितिः श्रावण १८, २०७९
    • ५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मन्त्री कार्कीसहितको टोलीद्वारा बाँध फुटेको क्षेत्रको स्थलगत अनुगमन

    सप्तकोसी नदीको बाँध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोँच क्षेत्रको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सहितको टोलीले आज स्थलगत अनुगमन गरेको छ । अनुगमनमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख सहभागी रहेका छन् । अनुगमन टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुनसरीका प्रजिअ इन्द्रदेव यादव र उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादव, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, सप्तकोसी नगरपालिकाका कृष्ण्प्रसाद ढकाल र कञ्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता, बराहक्षे

    • प्रकाशित मितिः श्रावण १८, २०७९
    • १११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा–४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना.४ख.३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।बर्दिबासतिरबाट डण्डी बोकेर गौशालातिर आउँदै गरेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको दिलीपलाई सुर्तिविकास चोकको गोलम्बर नजिक ठक्कर दिँदा उनी गम्भीर घाइते भएकामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भने उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले बताए ।मृतक दिल

    • प्रकाशित मितिः श्रावण १८, २०७९
    • ८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • नागपञ्चमी मेलामा भक्तजनको घुँइचो

    धनकुटा । नागपञ्चमीको अवसरमा मंगलबार धनकुटाको हिलेस्थित बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । मन्दिरमा नाग देवताको बास रहेको विश्वासमा भक्तजनहरु पूजाआजाका लागि आउने गर्दछन् । योे मन्दिरमा पूजा–आराधनाका लागि धनकुटाका विभिन्न क्षेत्रसहित तेह्रथुम, भोजपुर, संखुवासभा लगायतका स्थानबाट समेत भक्तजनहरु आएका छन् । यस्तै मन्दिरको १२ औं वार्षिक उत्सव समारोहको अवसर पारेर आयोजक बक्रकुण्ड पञ्चेश्वर मन्दिर हिलेले नागपञ्चमी मेला सदा झै यस पनि आयोजना गरेको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बक्रकुण्ड मन्दिरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा थप विकास गर्नका लागि नगरपालिकावाट

    • प्रकाशित मितिः श्रावण १८, २०७९
    • ९४ पटक पढिएको
    • सन्तवीर लामा
  • भोजपुरका खड्गराज शाक्यद्धारा प्रहरी चौकी निर्माणका लागि २९ लाखको निःशुल्क जग्गा प्रदान

    भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका ३ का च्याङग्रेका खड्गराज शाक्यले प्रहरी चौकी भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । शाक्यले प्रहरीको चौकी निर्माणका लागि २९ लाख मुुल्य पर्ने ३ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुुन् । गाउँपालिकाको सुरक्षामा सहजता होस भन्ने उद्धेश्यले प्रहरी चौकी भवन निर्माणका लागि जग्गा दिएको जग्गादाता शाक्यले बताए । भवन निर्माण भए पछि गाउँपालिकाको सुुरक्षामा खटिने प्रहरीलाई काम गर्न सहज हुने उनको बिश्वास छ । शाक्यले मंगलबार प्रहरी चौकी च्याङग्रेको नाममा जग्गा पास गरि दिएको जिल्ला प्रहरी कार्यालय भोजपुुरका प्रहरी नायव उपरिक्षक डिएसपी राजकुुमार राईले बताए ।

    • प्रकाशित मितिः श्रावण १८, २०७९
    • ९७ पटक पढिएको
    • सन्देश किराती
  • कोसीमा उच्च बहाव

    इनरुवा । सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाव मापन भएको छ । मङ्गलबार साँझ समाचार तयार पार्दाको समयसम्मको मापनअनुसार नदीको बहाव २ लाख ४१ हजार ५ सय ३५ क्यूसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् । पूर्वी पहाडी भेगमा पानी पर्ने क्रम जारी रहेकाले बहाव अझै बढ्ने अनुमान गरिएको छ । नदीको जल सतह बढ्दै जाँदा चतरा मापन केन्द्रमा पानीको बहाव सतर्कता तह नजिक पुगेको छ । चतराको पछिल्लो मापनअनुसार कोसीको बहाव ५ दशमलव ५ मिटर तहमा छ । नदीको बहाव मङ्गलबार बिहानैबाट सतर्कता तह आसपास मापन हुँदै आएको छ । मापन केन्द्रका अनुसार नदीको बहाव ६ मिटर पुगे त्यसलाई सतर्कता तह मानिन्छ । ७ मिटर तहको मापनला

    • प्रकाशित मितिः श्रावण १८, २०७९
    • १४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बराह पीडितको आन्दोलनलाई राजनीतिक रङ्ग दिएको भन्दै सङ्घर्ष समितिले निकाल्याे विज्ञप्ति

     देउराली ।  नगर प्रमुखले बराह पीडितको आन्दोलनलाई राजनीतिक रङ्ग दिएर मुख्य  मुद्दा ओझेलमा पार्न खोजेको भन्दै बराह सहकारी पीडित सङ्घर्ष समितिले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा साउन १५ गते उपमहानगरपालिकामा भएको छानबिन समितिको बैठकका क्रममा  नगर प्रमुख हर्कराज राई ९ साम्पाङ ० ले  बचतकर्ताहरूको भावनाको अवमूल्यन हुने गरी अभिव्यक्ति दिएपछि आक्रोशित भएका पीडितहरूलाई सम्बोधन  गरेर स्थितिलाई सामान्य बनाउनु पर्नेमा त्यसो नगरेको बताइएको छ । समितिका प्रवक्ता प्रदिप बास्तोला, सचिव अञ्जना राई र सह– संयोजक कमल राईको हस्ताक्षर रहेको उक्त विज्ञप्तिमा पीडितका रकम फ

    • प्रकाशित मितिः श्रावण १७, २०७९
    • १,१०० पटक पढिएको
  • अपराध र चोरी, तस्करी रोक्न प्रहरीको गस्ती

    विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै हुने चोरी, तस्करी र अपराध रोकथाम र नियन्त्रणको लागि प्रहरीले भारतसँग सीमा जोडीएको प्रदेश १ को तीन जिल्लाको सीमावर्ती क्षेत्रमा छुट्टै प्रहरी परिचालन गरी गस्ती सुरू गर्ने भएको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश १ को झापा, मोरङ र सुनसरीको भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्रमा प्रहरीले साउन २० गतेबाट गस्ती गर्ने भएको हो ।सीमावर्ती क्षेत्रबाट हुने चोरी, तस्करी र अपराधजन्य गतिविधिहरू रोकथाम र नियन्त्रण गर्न प्रहरीले गस्ती सुरू गरिने १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरीले जानकारी दिए । झापा, मोरङ र सुनसरी जिल्लामा भा

    • प्रकाशित मितिः श्रावण १७, २०७९
    • १७५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved